विसुन देव सरदार सिरहा लहान /फाल्गुन २७ गते बिहीबार।सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर – १२ रुपनगर गाउँमा नागरिक मिलन केन्द्र , राजाजी मन्दिर , सामुदायिक भवनको एकसाथ सम्पन्न भएको छ।
हिजो बुधबार प्रदेश न.२ का सामाजिक विकास मन्त्री नवल किशोर साह तथा समाजसेवी , वुद्धिजीवी , जेष्ठ नागरिक स्थानीयहरुको सहभागीतामा नागरिक मिलन केन्द्र , राजाजी मन्दिर , सामुदायिक भवन
शिलान्यास भइयो । मन्त्री साहको हातबाट विशेष पुजापाठ गरी शिलान्यास समुद्घाटन भएको हो। साहले समाजका समग्र विकास , सामाजिक सद्भाव र जेष्ठ नागरिकको सम्मानका लागि यस किसिमको पुर्वाधारहरुको आवश्यकता रहेको बताउनु भएको छ।
अहिले गाउँमा नागरिक मिलन केन्द्र , राजाजी मन्दिर , सामुदायिक भवन निर्माण भएको समाजका अगुवा लगागत हरेक पक्ष खुसीले हर्षित देखिएको हो। दलित तथा पछाडि परिएको जातीहरुमा झन खुसीको हलर देखिएको श्याम सरदारले बताए ।





















Discussion about this post