nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २५, २०७७, १२:०६ मध्यान्ह
मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

काठमाडौ,फागुन २५ गते।मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरेको हो । आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमबारदेखि तालिम शुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले राससलाई जानकारी दिए ।

प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ । कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन् । यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरिएको हो ।

दुवै हातमा ११÷११ गरी २२ वटा मर्मस्थान हुन्छन् । यसैगरी गोडामा पनि ११÷११ गरी २२ नै मर्मस्थान हुन्छन् । यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन् । ढाडको भागमा १४ मर्मस्थान हुन्छन् । घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन् । तिनलाई ऊध्र्वजत्रुगत मर्म भनिन्छ ।

यसैगरी मानव शरीरमा सधः प्राणहर मर्म १९ वटा हुन्छन् । दुर्घटना वा चोटपटकका क्रममा यहाँ आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ । यस्ता मर्मस्थान टाउकामै सातवटा रहेको कार्यकारी निर्देशक यादवले बताए । यसैगरी घाँटीमा आठ यस्ता मर्मस्थान छन् । गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ । शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न तीन, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान आठवटा हुन्छन् । मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्युसमेत हुने गरेकाले चिकित्सकमार्फत मानवसमुदायलाई जानकारी गराउन लागिएको हो । यससम्बन्धी ज्ञान भएमा स्नायु प्रणालीका कारण शरीरमा लाग्न सक्ने रोगबाट बच्न सकिने भएकाले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

गुर्जोको उपयोगिता र विशेषता पनि सिकाइँदै

तालिममा मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोको उपयोगिता, विशेषता र महत्वसमेत सिकाइएको छ । तालिममा सातै प्रदेशका गरी ३० आयुर्वेद स्वास्थ्यकर्मीको सहभागिता छ । तीनदिने तालिम उद्घाटन समारोहमा आयुर्वेदिक वनस्पति गुर्जोका विषयमा विशेष छलफल भएको छ । कार्यक्रममा गुर्जोबाट बनेको औषधि धुलो र चियासमेत वितरण गरिएको छ ।

कार्यक्रममा गत वर्ष चैतदेखि कोरोनाबाट बच्न गुर्जोको धुलो र चिया लिएर हिँड्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपयोगिता, विशेषता र महत्वका बारेमा जानकारी गराएका थिए । उनले कार्यक्रममा सहभागी ५० जनालाई औषधीय गुणले युक्त गुर्जोका सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योगगुरु किशोर जोशीले तालिमका सहभागीलाई योग गराएका थिए। आयुर्वेद र योगलाई नागरिकको स्वास्थ्य सुधारका लागि उपयोग गरिने केन्द्रले जनाएको छ । आयुर्वेदका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई योग शिक्षकका रूपमा पनि जिम्मेवारी दिनेगरी तालिम दिनुपर्नेमा जोड दिइएको थियो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घ बनेपा शाखाको ४१औँ वार्षिक साधारणसभाको अवसर पारेर करिब ५०० जनालाई गुर्जोको धुलो र चिया खुवाइएको उनले जानकारी दिए । विसं २०७७ वैशाखदेखि चलाएको गुर्जोको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ । पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जोको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ । गुर्जोको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ ।

गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए ।

हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूलो धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ ।

यस वर्ष वर्षात्का सयमा वाग्मती नदी किनारमा पनि हजारौँको सङ्ख्यामा गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी राजलवटले उपलब्ध गराएका बिरुवा वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी विभिन्न स्थानका सफाइ अभियानकर्मीले रोपेका छन् । उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ ।

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छुट्टी नमनाई अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्छन् । माग गर्ने जतिलाई निःशुल्क गुर्जोको बिरुवा दिन तयार रहेको उहाँले सार्वजनिक घोषणा गर्र्दै आएका छन्। यस वर्ष पनि वर्षात्मा गुर्जोको बिरुवा रोप्नलाई वितरण गरिने अभियानकर्मी राजलवटले बताए। यसका लागि धुलिखेलमा बेर्ना रोपिएको छ ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!