बारा, फागुन २५ गते ।निजगढ नगरपालिका ९ स्थित बुद्धचोकमा १९ वर्षीय युवाको घाँटी रेटेर हत्या भएको छ। स्थायी घर रौतहट चन्द्रनिगाहपुर भएका १९ वर्षीय युवक रोहित शर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको परिवारले निजगढमासमेत घर बनाएका थिए। निजगढको आफ्नै घरको माथिल्लो तल्लामा उनको शव फेला परेको हो। घाँटी रेटेको अवस्थामा शव फेला परेको बाराले जनाएको छ।
रोहित शव फेला परेको माथिल्लो तल्लामा एक्लै बस्ने गरेको स्थानीयले जानकारी दिएका छन्। मङ्गलबार बिहान घरको तल्लो तल्लामा बस्नेहरूले हल्लाखल्ला सुनेको र केही युवा आत्तिदैँ बाहिर निस्केकाले घटना मङ्गलबार बिहानै भएको स्थानीय र प्रहरीको अनुमान छ।
हत्याको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइएको प्रहरीले बताएको छ।














Discussion about this post