nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी कि निरसीदेवीले उपचार खर्चकै अभावले ज्यान गुमाइन्

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २४, २०७७, ८:१४ मध्यान्ह
सप्तरी कि निरसीदेवीले उपचार खर्चकै अभावले ज्यान गुमाइन्

सप्तरी,फागुन २४ गते। उपचार खर्च अभावकै कारण ज्यान गुमाउने पछिल्लो उदाहरण बनेकी छन्, सप्तरीकी निरसीदेवी खंग ।सधैं दुःख र अभावको सामना गरेकी उनले जसोतसो जाडोको पनि सामना गर्न खोजिन् । विगतका वर्षमा जस्तै यस पटकको शीतलहरमा पनि जाडो छल्न उनले आगोकै सहारा लिइन् । दाउरा बटुल्दै, पात सोहोर्दै घुर बालेर उनी आगो बाल्दै ताप्थिन् ।

गत माघ १३ गते पनि उनी राजविराज नगरपालिका–१० दिघवास्थित घरमा घुर बालेर तापिरहेकी थिइन् । एक्कासी उनले लगाएको सारीबाट आगो सल्किएर जीउ नै जल्यो । तत्कालै उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइयो ।

झण्डै एक महिनासम्म सोही अस्पतालमा बसिन् उपचार हुने आशमा । ‘बाहिर लग्न सक्ने आर्थिक अवस्था नै थिएन,’ निरसीका पति राजारामले भने, ‘चारैतिरबाट रकमको जोहो गर्न खोजे । तर हुन नसकेपछि यहीं उपचार हुने अन्तिम विश्वास गरेका थियौं ।’

हुन त निरसीदेवी आगोमा जलेर उपचार गराइरहेको थाहा पाएपछि केही मनकारी मनले सानो आर्थिक सहयोग गरेका थिए । १ हजारदेखि ३ हजार रुपैयाँसम्म केही व्यक्तिले सहयोग गरेपनि त्यो उपचारका लागि पर्याप्त भएन ।

गजेन्द्रनारायण सिंह अस्पतालमा आगोमा जलेका व्यक्तिको उपचार हुन नसक्ने कुरा राजारामलाई थाहा थियो । तर, आर्थिक संकटका कारण बाहिर लैजान नसकिएको उनले बताए ।

केही आर्थिक सहयोग पाएपछि निरसीदेवीलाई अस्पतालकै एम्बुलेन्समार्फत गत शुक्रबार कीर्तिपुर अस्पताल लगियो । तर, शनिबारै साँझ उनको मृत्यु भयो । ‘उपचारका लागि ल्याउन धेरै ढिलो भयो भनेर चिकित्सकले भनेको रहेछ,’ राजारामले भने, ‘त्यहाँ लगेको एकदिन नबित्दै मृत्यु भयो ।’

उनलाई काठमाडौं पुर्‍याउन अस्पतालले ओसिएमसी कोषबाट ७ हजार रुपैयाँ सहयोग गर्दै एम्बुलेन्ससमेत प्रदान गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बाहिर लैजान आफूले पटक–पटक भनेपनि नलगेको बताए । ‘शरीरमा आगो लागेपछि त्यसको उपचार गर्ने छुट्टै युनिट हुन्छ, जुन यो अस्पतालमा छैन,’ डा. झाले भने, ‘यो कुरा भनेपनि उनका परिवारले बाहिर लगेनन् ।’

कीर्तिपुर अस्पतालमा मृत्यु भएकी निरसीदेवीको शव आर्थिक सहयोग जुटाएर राजविराज ल्याइएको छ ।

गरिबको पीडा : काम गर्ने कि बिरामीको उपचार ?

दिघवा गाउँको ऐलानी जग्गामा सानो झुपडी बनाएर राजाराम पत्नी निरसीदेवी र २ वर्षीया छोरीसँगै बस्दै आएका थिए । दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका राजाराम त्यत्तिखेर समस्यामा परे जतिखेर उनकी २७ वर्षीया पत्नी निरसीदेवी आगोमा जलेर घाइते भइन् ।

अन्तिममा चर्को व्याजमा ऋण नै लिनुपरेको उनले सुनाए । सुरुदेखि अहिलेसम्म ८० हजार जति ऋण लिएको छु,’ उनले भने, ‘बाहिर जाँदा पत्नीको कुरुवा बस्न पाइँन । कुरुवा बस्दा हातमा पैसा हुन्नथ्यो ।’

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झा राजाराम बाहिर जाँदा निरसीको कुरुवा बस्न कोही पनि नआएको बताए । ‘हामीले आफ्नो तर्फबाट सकेजति सहयोग ग¥यौं । तर, उनी बाँच्न सकिनन्,’ उनले भने ।

निरसीदेवीको मृत्युपछि उनकी २ वर्षीया छोरी टुहुरा भएकी छन् । ‘अब छोरीको कसरी हेरचाह गर्नु’ अनुहार मलिनो पार्दै राजारामले भने, ‘ईश्वरले हामी गरिबलाई नै दुःख दिँदारहेछन् ।’

कोरोना भाइरस सर्न नदिने नाममा लामो समयसम्म भएको लकडाउन र बन्दाबन्दीले राजारामले कुनै काम नै पाएनन् । कात्तिकदेखि काम पाउन थालेका उनी कहिले ४ सय कमाउँथे त कहिले ५ सय । यो रकम त छाक टार्न र दैनिक आवश्यकता पूर्ति गर्नमै खर्च भइहाल्थ्यो’ उनले भने, ‘अब त छोरीको स्याहार गर्नेदेखि कमाउनेसम्मको जिम्मेवारी आएको छ ।’पहिला कमाएर ऋण चुक्ता गर्ने राजारामले बताए ।-अनलाईन खबर बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!