उमेश कुमार साह/सप्तरी,फागुन २४ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकामा पनि १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएकाछन् ।” महिलाको सरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” मूल नाराका साथ बोदे बर्साईन नगरपालिका महिला तथा बालबालिका शाखाले तथ संयुक्त रूपमा समग्र जन उत्थान केन्द्र लहान सिरहाले संयुक्त रूपमा मनाएकाछन् । विभिन्न महिला हिंसा अन्त्य सम्बन्धि नारा लगाई बोदे बर्साईन नगरपालिका प्राङ्गनबाट निस्केको प्रभात फेरि बजार क्षेत्र परिक्रमा गरि पुन:ह नगरपालिका प्राङ्गणमा आई सभमा प्रणत भएका थिए ।

उक्त सभामा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले भने जब सम्म छोरी बुहारीमा विभेद रहन्छ महिला हिंसा अन्तय हुदैन किनभने हामीले जति माया छोरीलाई दिन्छौं त्यति माया बुहारीलाई दिदैनाैं बुहारीलाई पनि छोरीको दर्जा दिनुपर्नेमा जोड दिए ।सो कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक उत्सव विष्ट , नगर शिक्षा अधिकृत राम सागर यादव,ईलाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक अरूण सिंहलगयतले मन्तव्य दिएका थिए ।

कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा निरीक्षक कला चपाँगाई गरेका थए भने स्वागत मन्तव्य सव ईन्जिनियर पुर्णिमा कुमारी यादव दिनिभएको थियो । उक्त कार्यक्रम उपस्थित बोदे बर्साईन नगरपालिका का ईन्जिनियर बिनोद साह,कम्पयुटर अपरेटर ललित कुमार मण्डल , समग्र जन उत्थान केन्द्रका प्रतिनिधि ओम प्रकाश ठाकुर,लोकेन्द्र प्रसाद यादव, पत्रकार उमेश कुमार साह,शिक्षक जितेन्द्र प्रसाद गुप्ता उपस्थिति थियो ।कार्यक्रम महिला बचत ऋण सहकारी संस्थाका अध्यक्ष बविता विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएकाछन् ।














Discussion about this post