जनकपुरधाम,फागुन २३ गते । भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आगामी संस्करणको आईपीएलको मिति घोषणा गरेको हो । बीसीसीआईले घोषणा गरेको मिति अनुसार १४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । प्रतियोगिताका खेलहरु चेन्नईसहित अहमदाबाद, बेंगलोर, दिल्ली, मुम्बई र कलकत्ता गरि ६ शहरमा हुनेछ । यस सिजन होम एण्ड अवेको आधारमा खेल हुनेछैन ।
हेर्नुहोस खेल तालिका


Discussion about this post