जनकपुरधाम,फागुन २१ गते।वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेकी छन्।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्।यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।

खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो।एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएका छन्। यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पनि पाएकी थिइन्।





















Discussion about this post