उमेश कुमार साह/सप्तरी,फागुन १८ गते।जनमत पार्टी नगर समिति सप्तरीले बोदे बर्साईनमा विशाल आम सभाको आयोजना गर्न लागेका छन् । फाल्गुन २२ गते शनिबारका दिन चन्द्रा नमुना माध्यमिक विध्यालयको खेलमैदानमा हुन लागेका आम सभाको तैयारी तीव्र रुपमा भइरहेको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउत र केन्द्री नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।उक्त कार्यक्रमको अत्यधिक जनसमुदायलाई सहभागी गराउनुका लागि गाउँमा–गाउँमा पर्चा पम्पलेट वितरण भईरहेको भातृ संगठनको नेताहरु सक्रियता साथ काम गरिरहेको र २५ हजार जनता आमसभामा उतारने जनमत पार्टीका नगर संयोजक आलोक सागरले बताए ।
विशाल आमसभाको तैयारी बारेमा जानकारी लिन आएका जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी, केन्द्रीय संचार विभाग प्रमुख तथा सप्तरी जिल्ला सुर्यदेव यादव, बालन बिहुल गाउपालिका संयोजक राम कुमार यादव , खडक नगरपालिका संयोजक सुरैतलाल साह र डाक्नेश्वरी नगरपालिका संयोजक जय प्रकाश मंडल सहितको बैठकले विशाल आमसभाको तैयारी बारे जानकारी लिएका छन् ।














Discussion about this post