nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले पाएनन् तलब

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ७, २०७७, ६:३२ मध्यान्ह
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले पाएनन् तलब

जनकपुरधाम,फागुन ७ गते।कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश २ का आठवटै जिल्लामा कोरोना महामारीको समयमा विज्ञापन गरी २०७७ असार मसान्तसम्मको नियुक्ति दिइ खटाइएका स्वास्थ्यकर्मीलाई आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णयसहित प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्र पठाएको थियो । तर थपिएको अवधिको तलब तथा भत्ता आफूहरुले अझैसम्म नपाएको पीडित कर्मचारीको गुनासो छ । 

आफ्नो तलबभत्ता भुक्तानीका लागि उनीहरुले सामाजिक विकास मन्त्री, राज्यमन्त्रीसहित मुख्यमन्त्री लालबाबु राउतलाई समेत भेटेर आग्रह गरे पनि अझैसम्म भुक्तानी पाउन नसकेको पीडित कर्मचारीमध्येकै एक डा. पप्पुकुमार यादवले रातोपाटीलाई बताए ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ती स्वास्थ्यकर्मीको थपिएको चार महिनाको अवधिका सम्बन्धमा दरबन्दी प्रक्रिया नमिलेका कारण तलब भत्ता रोकिएको हो । नियमानुसार प्रदेश मन्त्रिपरिषदको बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भए पनि पूर्व निर्धारित दरबन्दीअनुसारको करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद बैठकले दरबन्दी अनुमोदन गरेको छैन ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्त्रीस्तरीय निर्णय गर्दै करार अवधि थप गरेको तर मन्त्रिपरिषद बैठकमा लगेर उक्त निर्णय अनुमोदन नगराएका कारण तलब भत्ता भुक्तानीका लागि कानुनी अड्चन देखिएको आर्थिक मामला तथा योजना मन्त्रालय स्रोतले जनायो । 

‘प्रदेश सरकारले जसरी दरबन्दी सिर्जना गर्नुपर्ने हो, त्यो प्रक्रियाअनुसार दरबन्दी सिर्जना नगरी काममा लगाइएका कारण समस्या देखिएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कानुनी रुपमा दरबन्दी सिर्जना नभएको अवस्थामा हामीले तलब भत्ता दिन सक्ने अवस्था रहँदैन ।’

सामाजिक विकास मन्त्रालयका उपसचिव एवं प्रवक्ता ठूलोबाबु दाहाल भने छानविन समितिले प्रतिवेदन बुझाएपछि सोही आधारमा प्रक्रिया अघि बढाइने बताउँछन् । स्वास्थ्य निर्देशकको नेतृत्वमा तीन सदस्यीय समितिले दरबन्दीबारे छानविन गरेको र हालै प्रतिवेदन तयार पारेको भन्ने जानकारी आफूले पाएको उल्लेख गर्दै उनले सोही प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कारवाही अघि बढाउने जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुको रोकिएको तलब भत्ता भुक्तानीको प्रक्रिया अघि बढाउनका लागि तीन महिनादेखि आफूहरुले विभिन्न निकायमा धाउनु परेको तर अहिलेसम्म पनि भुक्तानीबारे टुङ्गो नलागेको गुनासो गरेका छन् । ‘हामीले दसैं, तिहार, छठजस्ता मुख्य चाडपर्वमा समेत तलब पाएनौं,’ पीडित स्वास्थ्यकर्मीमध्येका एक डा. पप्पुकुमार यादवले भने, ‘चार महिने करार थप भएको अवधि पूरा भएको तीन महिना बितिसक्दा पनि भुक्तानीबारे अझै टुङ्गो नलाग्दा हामी मर्कामा परेका छौं ।’

आफूहरुले माघ २७ गते सामाजिक विकास मन्त्रालयका सचिवलाई सम्बोधन गरी तलब भुक्तानीका लागि लिखित आग्रह गरेको र सोको बोधार्थ प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत पठाइएको उनले बताए । तर अहिलेसम्म पनि कतैबाट भुक्तानीका लागि पहल नहुँदा आफूहरु संघर्षमा उत्रने मनस्थितिमा पुगेको उनको भनाइ छ ।साभार-रातोपाटी बाट
 

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!