सप्तरी,माघ २२ गते।नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालका कारण सप्तरीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण एम्वुलेन्स, सुरक्षाकर्मी तथा अत्याआवश्यक गाडीबाहेक कुनै पनि सवारी साध चलेनन् ।सप्तरीको सदरमुकाम राजविराजसहित कठौना, कदमहा, कल्याणपुर, रुपनी, कञ्चनपुर, हनुमाननगर लगायतका ठाउँमा आमहड्तालले जनजीवन प्रभावित भएको छ । बन्दका कारण सप्तरीका सम्पूर्ण विद्यालय, करकाखाना, नीजि बैंकहरु तथा बजार पसलहरु बन्द रहे।

बन्दको कारण यातायात, शिक्षण संस्था, बजार, कलकारखाना, संघ सस्था,सरकारी कार्यालयमा समेत बन्दको प्रभाव परेको थियो । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।














Discussion about this post