उमेश कुमार साह/सप्तरी,माघ २० गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न ९ सिमरहामा ,भारतबाट नेपाल तर्फ अवैध रूपमा भित्र्याइएको करीब रु ७ हजार मूल्य बराबरको कुखुराको अन्डा शुक्रबार प्रहरीको टोलीले बरामद गरी आज नष्ट गरेको छ । बोदे बर्साईन नगरपालिका–०९ सिमरहामा पर्ने प्रहरी चौकी देउरीको प्रमुख प्रहरी सहायक निरीक्षक बलिराम प्रसाद साहको कमान्डमा खटिएको गस्ती टोलीले बरामद गरेको २ काटुन , १६ क्यारेट लगभग ४२० पिस इन्डियन अन्डा बरामद गरी आज बोदे बर्साईन नगरपालिका ०९ को वार्ड सदस्य बलदेव महतो , धनिकलाल यादव स्थानीय नेता राजिन्द्र प्रसाद यादव पत्रकार उमेश कुमार साह , बुढिजिबीहरुको रोहवरमा नष्ट गरेको हो ।

कुखुरीको अन्डा चोरीनिकासी गरी भारतबाट नेपाल ल्याउँदै गर्दा कारोबारीले प्रहरीलाई देखेपछि वेवारिसे अवस्थामा छाडी भागेको प्रहरी प्रमुख साहले जनाएको छ । प्रहरीले कुखुराको अन्डा बरामद गरे पनि कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरी टोलीले कुखुराको अन्डा प्रतिनिधिको रोहबरमा कुखुराको अन्डा प्रहरी कार्यालयको हाताभित्र नष्ट गरिएको प्रहरीले जनाएको छ ।





















Discussion about this post