काठमाडौं । भारतमा फैलिरहेको बर्डफ्लु रोगको संक्रमण नेपालमा पनि पाइएको छ।काठमाडौंको तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु रोग (एचफाइभएनएट) संक्रमणको पुष्टि भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै बर्डफ्लु भेटिएको जनाएको हो।सो क्षेत्रमा बर्डफ्लु संक्रमण पुष्टि हुनासाथै पशु सेवा विभागका प्राविधिकहरूले शनिबार २ हजार ५४४ हाँस, कुखुरा, टर्की र बट्टाई नष्ट गरेका छन्।
मन्त्रालयले कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन अथवा बिक्री स्थलमा अस्वाभिक रूपमा पन्छी बिमारी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचित गर्न सबैमा आग्रह गरेको छ।
यस्तो छ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति

नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।





















Discussion about this post