उमेश साह/सप्तरी,माघ १२ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न०८ रजपट्टिमा पहिलो टि-20 क्रिकेट खेल संचालन गरिएको छ। श्री जितमाहान बाबा युवा क्रिकेट कल्व रजपट्टि द्वारा संचालित पहिलो नकआउट टि-20 क्रिकेट प्रतियोगिता २०७७ साल आज बाट संचालन गरिएको छ। एक कार्यक्रमको बिच खेलकुद समितिको अध्यक्ष पशुपति यादवको अध्यक्षतामा , प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको प्रशासकीय प्रमुख उप- सचिब गजेन्द्र नाथ शर्मा द्वारा खेलको उद्घाटन सम्पन्न भएका छन् ।

बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंह , बोदे बर्साईन नगरपालिका वार्ड न०८र ०९ को अध्यक्ष लक्षमि प्रसाद साह र तपशी यादव त्यसै गरि अतिथिहरुमा पत्रकार उमेश कुमार साह, नपा मनोनीत सदस्य श्रीप्रसाद भगत , नपा खेलकुद समिति अध्यक्ष कामेश्वर यादव , वार्ड सदस्य पुरन यादव , शिव ना ठाकुर ,दिलिप यादव , भिखरी यादव ,काचन स्वास्थ प्रमुख कृष्ण महासेठ, शिक्षक बिमल यादव लगाएत अन्य गाउँवासी , युवा , बुद्धिजीवी समेतको उपस्थिति थियो।
आज भएको उद्घाटन खेलमा मानराजा र स्वर्णपट्टिको बिच भएको थियो ।
उक्त खेलमा १६ वटा टिमले सहभागीता जनाएका छन्।





















Discussion about this post