nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लुटपाटमा संलग्न ४ जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ११, २०७७, ६:५६ मध्यान्ह
नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लुटपाटमा संलग्न ४ जना पक्राउ

सप्तरी,माघ ११ गते। नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न ४ जनालाई सप्तरी प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चोरीका सरसमान खरीद गर्ने एक जना व्यवसायी समेत छन् । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पछिल्लो पटक पुस २३ गते सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियास्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमले जडान गरेको जिसिएम मोबाइलको बिटिएस टावरको लाखौं मुल्य पर्ने एएच ब्याट्रि २४ थान, पावर केबुल ३५ एमएमको २० मिटर, अर्थिङ केबुल २५ मिटर लगायतका उपकरण र विद्युतीय सामाग्रि चोरी भएको थियो ।

अनुसन्धानकै क्रममा उक्त घटनाका मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी २२ वर्षिय राकेश यादव, चोरीमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको मिनि ट्रकका मालिक लहान नगरपालिका ३ निवासी ३५ वर्षिय सूर्यनारायण महतो र सोही वडा निवासी ३५ वर्षिय पवन जैसवाल पक्राउ परेका छन् ।

यस्तै चोरीका उपकरण खरीद गर्ने सिरहाका गोलबजार नगरपालिका ४ बस्ने ४१ वर्षिय दिपक अग्रवाल पनि पक्राउ परेका छन् । कवाडी व्यवसायी रहेका अग्रवालको गोदामबाट चोरी गरिएका २४ मध्ये ७ वटा ब्यट्रि र केही उपकरण बरामद भएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।

प्रहरीले चोरीको सामान ओसार पोसारमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा चोरी भएका अन्य १७ वटा ब्याट्रि तथा केही उपकरण ती समूहले चोर बाटो हुँदै भारत पु¥याई बिक्रि गरेको खुलेको र भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि खोजिकार्य भइरहेको डिएसपी भुवनेश्वर साहले बताए ।

टेलिकमका कर्मचारी हुँ, उपकरण चेकजाँच गर्न लैजानु पर्छ भन्दै मुख्य अभियुक्त भनिएका राकेश यादवले ट्रकमा लोड गर्न लगाएको र अन्य दुई जनाले सघाएको अनुसन्धानको क्रममा खुलेको डिएसपी साहले बताए ।

घटनाका दिन सो सडकखण्डमा ओहोर दोहर गरेको गाडीहरु बारे सिसि क्यामरामार्फत सोधखोज गर्दा पत्ता लागेको एसपी धमलाले बताए ।
यस्तै मोटरसाइकल लुटपाट तथा चोरी घटनामा संलग्न दुई जनालाई पनि प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ७ बस्ने २४ वर्षिय नन्दी पासवान र २१ वर्षिय राजकुमार साह छन् ।

उनीहरुको साथबाट प्रहरीले अघिल्लो दिन कुशहा–बेल्ही सडकखण्डमा शम्भुनाथ नगरपालिका ६ बस्ने अनिशकुमार चौधरीलाई कुटपिट गरि लुटिएका स.३प. ९१६९ नम्बरको मोटरसाइकल र केही नगद रुँपैयासमेत बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई अहिले सप्तरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरि डाका मुद्दामा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

चीनले जापनका २० संस्थामाथी लगायो प्रतिबन्ध

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!