जनकपुरधाम । जनकपुरबाट हतियार सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित बावनबिग्हा जाने बाटोबाट लक्ष्मिनियाँ गाउँपालिका– १ बस्ने विवेक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट दुई थान कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएको छ ।हतियार ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जनाए ।














Discussion about this post