nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ठुला आन्तरिक विमानस्थल धमाधम बिस्तार हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ४, २०७७, ७:०४ मध्यान्ह
ठुला आन्तरिक विमानस्थल धमाधम बिस्तार हुँदै

काठमाडौं ।मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ ।देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
    
देश सङ्घीयतामा भएको परिप्रेक्षमा प्रादेशिक रुपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश सरकार, स्थानीय सरकार तथा सङ्घीय सरकारको संयुक्त साझेदारीमा विकास तथा विस्तार गर्ने नीति लिइएको छ । सोही बमोजिम विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तरराष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश नं १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र सङ्घीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
    
कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा छ आन्तरिक वायुयान बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गत मङ्सिर १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन छ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेशन’ गर्न सकिने गरी निर्माण गरिएको छ । 

त्यसैगरी उक्त विमानस्थलको मौजुदा एक हजार ५०० मिटरको धावनमार्गको लम्बाई थप २०० मिटर बढाउने कार्य जारी रहेको छ । कैलाश मानसरोवार जाने भारतीय पर्यटकलाई लक्षित गरी उक्त विमानस्थलबाट नयाँदिल्लीमा उडान गर्ने योजना रहे पनि हवाई रुटको टुङ्गो नलाग्दा हाल स्थगन गरिएको छ । 

भविष्यमा भारतीय शहरबाट क्षेत्रीयस्तरमा हुनसक्ने अन्तरराष्ट्रिय उडानलाई दृष्टिगत गरी उक्त विमानस्थलको चरणबद्ध विकास गर्नु आवश्यक रहेको क्यानले उल्लेख गरेको छ । धनगढी, भरतपुर र चन्द्रगढी विमानस्थलमा धावनमार्ग, ट्याक्सीमार्ग र एप्रोन कालोपत्र गर्ने कार्यसम्पन्न भएको छ । 

जनकपुर विमानस्थलमा अत्याधुनिक ‘स्टेल स्ट्रक्चर’ प्रविधिबाट निर्मित टर्मिनल टावर भवन निर्माण भई हालै सञ्चालनमा आएको छ । महेन्द्रनगर विमानस्थलमा स्थानीय नगरपालिका तथा प्रदेश सरकारसँग सहकार्य गरी विमानस्थल विस्तार गर्न गुरुयोजना तयार पारिएको छ । 
    
क्यानको विवरणमा हाल देशभर ५४ विमानस्थलमध्ये ३२ विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थलमध्ये ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । अहिले मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छन् । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत र पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति रहेको छ । –रासस

Tags: विमानस्थल

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!