nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अत्याधिक चिसोका कारण महोत्तरी सहित तराईको जनजीवन कष्टकर

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २८, २०७७, ७:०० मध्यान्ह
धनुषा लगायत तराई  मधेशमा चिसो बढ्यो

जलेवर। विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको आफ्नै घर अगाडि अत्यधिक जाडोले काम्दै गरेका जलेश्वर नगरपालिका–६ का ६० वर्षीय जीवछ मोमिनले बताउनुभयो ।

निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

यता जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन् । बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–२ मा चिया पसल गर्दै आएका दिलीप साहले बताउनुभयो । उहाँले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताउनुभयो ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक गिरेन्द्रकुमार झाले बताउनुभयो ।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मी झाले बताउनुभयो । जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएको जलेश्वर नपा–८ का किसान आशनारायण मण्डलले बताउनुभयो । उहाँले मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।

दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ । यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।

यस्तो विषादी प्रत्येक सात/आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ । रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

जिल्लामा जाडो दोहोरिएर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानीय तहले हालसम्म यसबाट बच्नका लागि कुनै पनि व्यवस्था नगरेको स्थानीयवासीको गुनासो छ ।रासस

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि