स्याङ्जामा बुहारीमाथि डरधम्की देखाई बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्।६० बर्षीय ती पुरुषले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो।
बुहारीले बिहीबार जाहेरी दिएपछि ससुरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।बुहारीले दिएको जाहेरीका अनुसार ससुराले विगत चार वर्षदेखि उनीमाथि बलात्कार गर्दै आएका थिए।
सामाजिक डर, सुध्रिन्छ कि भनेर, लाजका कारण लामो समयसम्म घटना लुकाएको प्रहरीले जनाएको छ।प्रहरीले ससुरामाथि थप अनुसन्धान गर्न स्याङ्जा जिल्ला अदालतबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिएको छ।उनीमाथि जबरजस्ती करणी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ





















Discussion about this post