उमेश कुमार साह।सप्तरीको बोदे बर्साईन नगरपालिका रहेका चन्द्रा नमुना माध्यमिक विध्यालयले ६४ औँ वाषिर्कोत्सव मानएका छन् ।एक कार्यक्रम ब्यवस्थापन समिति अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।यस कार्यक्रमको उदघोषण मा. बि. गणित शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गरेका थिए ।

कार्यक्रममा बोल्दै यादवले ६४ वर्ष अगाडी आजकै दिन आजकै दिन तत्कालीन राजा महेन्द्र बिरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए । वरसाईन क्षेत्रका समाजसेवी स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले दान गरेको १६१ विघा जग्गामा विद्यालय स्थापना भएको बताए । कार्यक्रममा यादवले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले समाजसेवी स्वर्गीय सत्रुघ्न प्रसादले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गरेको थियो ।

कार्यक्रममा बोदे बर्साईन नगरपालिका नगर प्रमुख तथा दाता परिवार सदस्य आतेश कुमार सिंह , दाता परिवार सदस्य दिलिप कुमार सिंह यादव , प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्मा , वडा अध्यक्ष मो. मजिवुर रहमान , दिगम्भर यादव , प्रधनाध्यापक गौरि शंकर चौधरी , बोदे बर्साईन नगर ब्यापार संघको उपाध्यक्ष राधेश्याम भगत , सचिब अनिल सिंह लगायतले संस्थापक दाता स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।















Discussion about this post