राजविराज।मिलको फित्तामा बेरिएर सप्तरीमा एक युवतीको मृत्यु भएको छ। सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा आफैँले कुटानीपिसानीको मिल चलाउँदै गर्दा फित्तामा कपाल बेरिएर वडा नम्बर ६ कि १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।प्रहरीका अनुसार मिलमा बेरिएर किशोरी घटनास्थलमै मृत्यु भएको तर आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका थिए ।
एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।मृतक किशोरीको शव पोष्टमार्टमकालागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान जारी रहेको डिएसपी सिंहले जनाए ।














Discussion about this post