nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्यटनको क्षेत्रको आशा बोकेको सप्तरीको एक क्षेत्र:सप्तरीको रुपनी गाउँपालिका ६ चुरेभावरको काखमा अवस्थित प्रसिद्ध शनिधाम मन्दिर

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १२, २०७७, ८:०१ मध्यान्ह
पर्यटनको क्षेत्रको आशा बोकेको सप्तरीको एक क्षेत्र:सप्तरीको रुपनी गाउँपालिका ६ चुरेभावरको काखमा अवस्थित प्रसिद्ध शनिधाम मन्दिर

उमेश कुमार साह,सप्तरी।धार्मिक तथा मनोरन्जनात्मक रुपमा प्रसिद्ध सप्तरीको रुपनी गाउँपालिका ६ चुरेभावरको काखमा अवस्थित शनिधाममा आन्तरिक पर्यटकको संख्यामा निकै बृद्धि भएको छ । अन्य दिनको तुलनामा प्रत्येक शनिबार धार्मिक पर्यटकहरुको घुइँचो निकै बाक्लो हुने गरेको छ ।प्राकृतिक सौन्दर्य मनमोहक दृष्य तथा बढ्दै गएको जनविश्वासले अनुयायीहरु त्यहाँ आउने गरेको छ । चुरे पहाडको टाकुरा जङ्गलको सौन्दर्यता एवं शनिग्रह दशाबाटमुक्त हुने जनविश्वासले रुपनी गाउँपालिका वार्ड नं. ६ तेरहौता स्थित शनिदेव मन्दिर शनिधाम स्थलको रुपमा मनाइने गरेको छ ।

पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत रुपनी गाउँपालिकाको रुपनी बजारदेखि करिब तीन किलो मिटर पूर्व बीरेन्द्र बजारदेखि साढे तीन किलो मिटर उत्तर चुरे पहाडको काखमा अवस्थित शनिदेव मन्दिरमा पञ्चमुखी महादेव, रुखको फेंदमा शनिको प्रतिमा लगायतका वरिपरि एक दर्जन बढी कलात्मक पथ्थरका मूर्तिहरु रहेका छन ।

कोरोना कहर अघि जस्तै अहिले जिल्लाका गाउँवस्ती, बजारबाट आउने भक्तजनहरुको ठूलो संख्यामा घुइँचो लाग्ने गरेको पर्यटक जिवछ दासले बताउनुभयो । कोरोना कहर भन्दा अघि सप्तरी बाहेक सुनसरीको धरान, इटहरी, इनरुवा, सिरहाको लहान, गोलबजार, मिर्चैया, मोरंगको बिराटनगर लगायतका जिल्लाबाट भक्तजन तथा पर्यटक आउने गरेको स्थानीय बृजमान तमाङ्गले जानकारी दिनुभयो । त्यस्तै छिमेकी मित्रराष्ट्र भारतको सुरपौल, कुनौली, विरपुर, भीमनगर, लौकहा, लौकही, पूर्णिया, अरिया, मधुवनी, सहरसा लगायतका स्थानहरुबाट पर्यटक तथा भक्तजनहरु आउने गरेको थियो । अहिले सप्तरी र सिरहाका पर्यटक मात्र आउने गरेको उहाँको कथन छ ।

कालो पत्थरको शनिदेवको मूल प्रतिमा समीको रुखको मुनी स्थापित रहेको छ । सो मूर्तिदेखि उत्तर टाँसिएको छेउमा शिवलिङ्गका साथै बसहाको मूर्तिहरु रहेको छ । चुरे पहाड भएर चारैतिरबाट बग्ने दुधैला र धारा खोलाबीचको टापुमा शनिधाम खोला, जङ्गल, चराचुरुङ्गी आवाजले पर्यटकलाई मोहनी लाग्ने गरेको छ । जङ्गलको हरियाली, चराचुरुङ्गीको बोलीका साथै अदभूत प्राकृतिक सुन्दरताले लोभिने पर्यटकलाई पटक–पटक आउन बाध्य बनाउँछन ।

एक पटक पूजाआजा गर्न आएका भक्तजनहरु पटक–पटक आइरहने गरेको छ । शनिदेवको पूजा बाहेक नयाँ वर्ष, तथा जाडोयाम एवं अन्य अवसरमा पिकनिक(वनभोज) मनाउनेको संख्या पनि उल्लेखनीय रहने गरेको मन्दिरका मूल पुजारी पण्डित सत्यनारायण साहले बताउनुभयो ।
पण्डित साहले २०५६ चैत ५ गते सपनामा समीको रुखमुनी शनिदेव देखेर खोजी गर्ने क्रममा फेला परेपछि सफा गरेर पूजाआजा गर्न थालिएको बताउनुभयो । वर्षौंदेखि त्यहा शनिको मूर्ति हुन सकिने जानकारहरु बताउँछन । तर, यसअघि कसैले नदेखेको कारण संरक्षण समबद्र्धन नभई चर्चामा नआएको मात्र हो । सानो समयमा जनविश्वास बढेको कारण यस क्षेत्रसहित वरिपरि निकै प्रसिद्ध बनेको शनिधाममा राजनीतिक दलका ठूला नेता, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यापारी, कानून व्यवसायी, शिक्षक, सञ्चारकर्मी लगायत सर्वसाधारण पूजाआजा गर्न आउने गरेको छ ।
समीको रुखको जराले बेल, खुर्सानी, अमला, फूल, धाप, गजहर, संधानका रुखलाई चारैतिरबाट बेरिएको सात बृक्षको सङ्गम स्थानमा पूजा गर्नाले शनि दशााबाट मुक्ति पाइने जनविश्वास रहेको छ । शनिदेव स्थलमा लडडु, सुपारी, फलफुल, अगरवती, फलामको दियो, द्रब्य, कालो मासको दाल, तील, अक्षत, रक्तचन्दन, तेल, सेतो दुबो सहित सात वटा पूजा सामग्री र कालो धागो, कालो कपडाले सात शनिबार दर्शन गरी पूजाआजा गरेमा शनिग्रह दशाबाटमुक्त भइ आकांक्षा पूरा हुने ज्योतिषिहरुको कथन छ । सात शनिबार गर्न नसकेमा कम्तिमा तीन शनिबार यसरी पूजा गरेमा ग्रहदशाबाट मुक्ती पाउने ज्योतिषिहरु बताउँछन । शनिदेवधाममा शनि ग्रहबाट मुक्ति पाउन महायज्ञअष्टयाम, भजन किर्तन लगायतका धार्मिक अनुष्ठाहरु समेत बेलाबेलामा हुदै आएको पुजारीले जानकारी दिनुभयो ।यस स्थललाई स्तरोन्नती गरी व्यवस्थित बाटो निर्माण सहित सुरक्षाको प्रत्याभूति दिलाउन सकिएमा निकट भविष्यमा धार्मिक एवं पर्यटकीय सम्पदाको सूचीमा सूचिकृत हुन सकिने प्रबल संभावना बोकेको छ ।शनिदेव क्षेत्रलाई थप संरक्षण, सम्बद्र्धन, व्यवस्थित, आकर्षित एवं सुरक्षित बनाउन सकिएमा रुपनी गाउँपालिकासहित जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्ने छ भने यसले आर्थिक, सामाजिक, विकाससँगै अझै आन्तरिक र बाह्यि पर्यटकलाई तान्न सकिन्छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!