उमेश कुमार साह,सप्तरी। सप्तरी जिल्लाको १८ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहले आफनौ गाँउ सभा गर्ने सकेका छैन ।जिल्लाको बलानविहु गाँउपालिका, छिन्नमस्ता गाँउपालिका र राजगड गाँउपालिले गाँउ सभा गर्ने सकेका छैन्न् । सभा नहुँदा कर्मचारीहरुको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता, विकास निर्माणका कार्य लगायत अन्य आर्थिक गतिविधिका कामहरु समेत प्रभावित भएको व्यापक जनगुनासो भइरहेको छ ।बलान विहुल गाँउपालिकाको उपाध्यक्ष रुवी गुप्ताको अनुसार याहाँको वडा अध्यक्षहरुले एक करोड २५ लाख बराबरको सिलिङ्ग माँग गर्दे आएको र सो अनुसारको कुरा नमिल्दाँ समयमा गाँउ सभा हुन नसकेको बताउनु भयो ।

त्यसैगरी दशैको बेला कर्मचारीहरु पनि तलब खान नपाए पनि तिहारको बेला बल्ल तल तलब भत्ता खाए तर प्रदेश कानुन अनुसार जनप्रतिनिधिहरुले पाउँने सेवा सुविधा जस्तौ यातायात र्खच, संचार र्खच लगायत अन्य खर्चहरु जनप्रतिनिधिहरुले नपाए सम्म पनि गाँउ सभा हुन नसकेको उपाध्यक्ष गुप्ताले आरोप लगाउनु भयो ।
त्यसैगरी छिन्नमस्ता गाँउपालिकामा विगत ६ महिना देखी न त कर्मचारीहरुले तलब भत्ता खान पाएको छ न त सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सकेका छन नत कुनै किसिमको आर्थिक कारोबार हुन पाएको न त कुनै विकास निर्माणको काम हुन पाएको छ ।त्यसैगरी छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष सुर्यनरायण मण्डलको भनाई अनुसार यहाँका केही वडा अध्यक्ष र कैही कर्मचारीको मिली मतोमा भएको अनियमिताले गर्दा समयमा गाँउसभा हुन नसकेको हो । गाँउपालिका गठन भए यता छिन्नमस्तामा ६ वटा प्रमुख प्रशासकिय अधिकृतहरु आएर गइसके तर अहिले ७ औं अधिकृतको पर्खामा छन् जसको कारण कुनै किसिमको गतिविधिहरु गर्ने सकेका छैन ।

केही राजनीतिक व्यक्तिहरुको दवावका कारण यस पालिका भित्रकाम गर्ने स्थानीय कर्मचारीहरुले कर्मचारीको काम भन्दा पनि राजनीतिक गर्ने थालेको कारण पनि यस्तो समस्या आइपरेको अध्यक्ष मण्डलले गुनासो पोखे ।
त्यसैगरी राजगढ गाँउपालिकामा अध्यक्ष परमानन्द यादवको भनाइ अनुसार यस पालिकाको गाँउसभाको हरेक प्रकृयाहरु पुरा भइसकेको छ । सम्भवतह यसै हप्ता भित्र बैधानिक तरिकाले गाँउ सभा गरिसक्छु लगायतका कुरा बताउनु भयो ।














Discussion about this post