nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा कर्जन्हाका सन्तोष साह बने बीबीसी मास्टर सेफको उपविजेता

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ३, २०७७, ८:५० मध्यान्ह
सिरहा कर्जन्हाका सन्तोष साह बने बीबीसी मास्टर सेफको उपविजेता

काठमाडौं । सिरहाका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० प्रतियोगितामा उपविजेता बनेका छन् ।बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते ।

संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म पुगेका नेपालका सन्तोष उपविजेता बने । ‘तर नेपाली खाना विश्वसामु पुरयाउन र लाखौं नेपालीको मन जित्न सफल भएकोमा त्यसलाई मैले उपाधि भन्दा ठूलो उपलब्धि ठानेको छु’, साहले बताए ।

बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाकाटोपीमा सजिएर उपस्थित थिए सन्तोष । त्यसअवसरमा उनको बारेमा बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए ।खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि सर्भ गरेका थिए ।

संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषले फाइनलसम्मको प्रभावशाली यात्रा तय गरे । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोषले देश विदेशका लाखौं नेपालीको मन जितेका छन् ।

सानै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि मेसिलिन स्टार रेष्टुरेन्टहरुसम्ममा कामको अनुभव लिइसकेका छन् ।

विहीबार बेलुका आलेक्स वेवलाई यस वर्षको विजेता घोषणा गरिएपछि मिडियाहरुलाई साहको तर्फबाट पठाइएको इमेलमा उनले भनेका छन्, ‘जतिबेला मैले मास्टरसेफमा छनौट भएँ भन्ने जानकारी पाएँ त्यतिबेलादेखि नै संसारलाई नेपाली खाना कति स्वादिलो र जीवन्त छ भन्ने देखाउनु थियो ।’

‘नेपाल सँस्कृतिले भरिपूर्ण सुन्दर देश हो र नेपाली खाना कति अद्वितीय छ भनेर देखाउन पाउँदा मलाई खुशी लागेको छ’ उनले भनेका छन् ।

भारतीय खाना विगत २० वर्षदेखि पकाइरहेकाले फाइनलमा त्यही पस्किने हो कि भनेर आफूलाई लागे पनि त्यसो गर्दा ‘म को हुँ र म कुन दिशातर्फ जान चाहन्छु’ भन्ने सत्य प्रकट नहुने भएकाले फाइनलमा पनि नेपाली खाना नै पस्केको उनले प्रष्ट्याएका छन् । ”मैले मेरो हृदयलाई सुनेँ र आफूलाई मन पर्ने खाना पस्केँ” उनले भनेका छन् ।

प्रतियोगिताका अवधिभर आफू हुर्कँदा खाएका मौलिक नेपाली परिकारहरुलाई प्रस्तुत गर्न पाउँदा आनन्द लागेको उनले बताएका छन् । आफ्नो खानालाई मास्टरसेफका निर्णायकहरुले मन पराउँदा खुशी लागेको उनको भनाइ छ । उनले भने, ”फाइनल तीनसम्म पुग्न पाउनु सपना साकार हुनु जस्तै थियो र ‘म मास्टरसेफको फाइनलिष्ट हुँ’ भन्न पाउँदा जत्तिको सम्मान केही लाग्दैन ।”

Tags: बिबिसी मास्टर सेफ

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!