उमेश कुमार साह,सप्तरी।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन् ।बिहीबारदेखि बेपत्ता एक बालकलाई ट्याक्टरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव शुक्रबार बिहान आँपको हाँगाले छोपेर लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव यसरी फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । बिहीबार बेलुका घरबाहिर पूर्वपट्टि आँपको बगैचामा खेल्ने क्रममा बालक आनन्द हराइएको खबर राती प्राप्त भएपछि प्रहरीले खोज्दै जाँदा सो ठाउँदेखि करिब २५ मिटर पर आँपको हाँगाले छोपेको अवस्थामा शुक्रबार बिहान ९ बजेको समयमा बालक मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता प्रनाउ साहले बताए ।
मृतकको शव र घटनाको प्रकृति हेर्दा स १ त ७७५२ नम्बरको सोनाली कम्पनीको ट्याकटरले किच्दा मृत्यु भएको प्रहरीले बताइएको छ । बालक मरेपछि घट्नालाई लुकाउने उद्देश्यले आँपको हाँगाले मृतकलाई छोपी दिएको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए ।
बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार भएका छन् । ट्याक्टर र चालकको पहिचान भइसकेको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकलाई खोजी भइरहेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।





















Discussion about this post