उमेश कुमार साह,राजविराज।सप्तरीको बोदे बर्साईन नगरपालिकाले महिला सशक्तीकरण, हक अधिकार सुनिश्चितताका लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी ऐन(२०७७ तथा स्थानीय लैङ्गकि हिंसा निवारण कोष संचालन कार्यविधी ऐन (२०७७ सम्बन्धी महत्वपूर्ण निर्णय पारित गरेका छन् ।नगर कार्यपालिकाको बैठकले उक्त निर्णय पारित गरिएको प्रमूख प्रशासकिय अधिकृत गजेन्द्र नाथ शर्माले जानकारी दिए ।

बैठकमा नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले महिलाको हक अधिकार सुनिश्चित र सुरक्षा प्रत्याभूति गराउन यो महत्त्वपूर्ण निर्णय गरेको बताए ।उनले यो निर्णयले नगरपालिका भित्र अन्यायमा पडेका महिलाहरुलाई न्यायमा पहुँचका लागि सहजता हुने विश्वास व्यक्त गरे ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शर्माकाले नगरपालिका छिट्टै स्थानीय लैङ्गकि हिंसा निवारण कोष स्थापना गरि संचालनमा ल्याउने बताए ।लैङ्गकि हिंसा निवारण कोष स्थापना सम्बन्धि कानुनी सहजीकरण समग्र जन उत्थान केन्द्र लहान सिरहाले गरेका थिए ।














Discussion about this post