सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लागूऔषध बिक्री गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।सोही नगरपालिकाको वडा नम्बर १० इनर्वा बस्ने ३२ वर्षीय राजीव मण्डललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मण्डलले आफ्नै घरमा बिभिन्न किसिमको लागूऔषध राखेर बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।उनको घरबाट नाईट्रोसन ५१ ट्याबलेट, नाईट्राभेट ८३ ट्याबलेट, स्पास्मो प्रोसिभन ७५ क्पापसुल, डाइलेक्स डीसी १० बोतल र गाँजा १ सय २५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । मण्डललाई लागूऔषध मुद्दामा म्याद थप गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।














Discussion about this post