nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ठेकेदारको लापरबाहीको कारण सर्लाहीमा सडक निर्माण अलपत्र, स्थानीयवासी आन्दोलित

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १२, २०७७, ७:०२ मध्यान्ह
ठेकेदारको लापरबाहीको कारण सर्लाहीमा सडक निर्माण अलपत्र, स्थानीयवासी आन्दोलित

सर्लाही।जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा पनि ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।

हालसम्म फुलजोरबाट बयलवाससम्मको चार किलोमिटर र त्यसभन्दा यता छ किलोमिटर गरी अहिलेसम्म जम्मा १० किलोमिटर मात्र सडक कालोपत्र भएको छ । कतै बजार क्षेत्र भएका कारण काम नभएको कतै इनार तथा विद्युत्का पोल रहेका कारण काम हुननसकेको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनी टुँण्डी आशिष सन्तोषी जेभीका ठेकेदार जीवन कँडेलले बताए ।
निर्माण शुरु भएको वर्षौँ भइसक्दा पनि ठेकेदारले बेवास्ता गरेका कारण सो क्षेत्रका स्थानीयवासी, यात्रु तथा पैदलयात्री धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । मर्मत तथा निर्माण नहुँदा सो सडकखण्डका विभिन्न भागमा ठुलाठुला खाल्डा परेका कारण सवारी साधन सञ्चालन गर्न समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ ।

सडकको निर्माण अगाडि बढाउन आफूहरुले पटकपटक सडक डिभिजन कार्यालय तथा हुलाकी सडक आयोजना कार्यालयलाई आग्रह गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि आफूहरुले पटकपटक छलफल गरेको तर ठेकेदारले बेवास्ता गरिरहेका कारण थप समस्या आएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले बताए ।उनले भने, ‘यस सडकखण्डअन्तर्गत पर्ने स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित ठेकेदारसँग पटकपटक छलफल भयो, तर हाम्रो कुरा ठेकेदारले सुन्दैनन् । हामीले समन्वयात्मकरूपमा काम गर्ने हो । संघीय सरकारको बजेटमा आफूहरुको हात हुन्न, ठेकेदारले टेर्दैनन् ।’

टुँण्डी आशिष सन्तोषी जेभीले रु ८६ करोडको लागतमा फुलजोरबाट त्रिभुवननगरसम्मको २१ किलोमिटर ठेक्का सकारेको भए पनि अहिले ठेकेदार कम्पनीले फुलजोरबाट भेल्हीसम्मको मात्र काम गर्ने बताएको छ । आउँदो पुस ५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि ठेकेदारकै लापरवाहीका कारण पुससम्ममा काम तीन भागको एक भाग पनि नसकिने अवस्था देखिएको छ ।

निर्माण सामग्री अभाव र आफैँसमेत कोरोना सङ्क्रमित भएका कारण काम प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले बताए ।

यता ठेकेदार कँडेलबाट पटकपटक निर्माणलाई निरन्तरता दिने आश्वासन पाएका स्थानीयवासी ठेकेदारको दोस्रो आश्वासन पनि पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग अरु केही नभई समयमै निर्माण सम्पन्न गर्नु भन्ने मात्र रहेको बताएका छन् । ठेकेदार सम्पर्कमा नआउने, समयमै काम शुरु नगर्ने गरेका कारण सडकमा सवारी आवागमन रोकेर आन्दोलन गर्न बाध्य भएको स्थानीय धनकुमारी श्रेष्ठले बताए । स्थानीय सरकारका प्रमुखको पनि फोन नउठाएका कारण आफूहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको मिक्की लामाले बताए ।

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि