राजविराज,उमेश कुमार साह।सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द साह एक सेवाग्राही बिच कार्यालयमा नै आज करिब दिउसो करिब १ बजे कुटाकुट भएको छ ।
विगत १ वर्ष देखी कृषि शाखामा कर्मचारीले नै ताला बन्दी गर्ने र आपसी सहमतीमा कार्यालाय खोलने गरे पनि फेरी एक महिना देखी बन्द रहँदा कृषि शाखाका कर्मचारीहरु नजिकको वडा नम्बर ६ को कार्यालायमा गएर कामकाज गरिरहदा वडा अध्यक्षले कृषिका कर्मचारीहरुलाई फलानो सेवाग्राहीको काम नगरदिन भने पछि उत्पन्न भएको बिवादले एक आपसमा कुटाकुट गरेका छन ।यस शाखाको बागबानी अधिकृत सिंहेश्वर महतोले विगत एक महिना देखी कार्यालायमा तालाबन्दी गरेका छ्न।
सोही कारण बुझन उहाँलाई फाने गर्दा हाम्रो शाखाको प्रमुख राण प्रताप सिंह महिनामा एक पटक आउँछ उहाँलाई कसैले केही भन्दैन, मैले ताला लगाँउदा के भो त ? जस्ता कुरा गरे ।
उक्त समस्या बारे सप्तरीका सिडियो शंकरहरि आर्चाय लाई सोधदा त्यहाँको अध्यक्ष र उपाध्यक्षको कमजोरीले गर्दा यस्तो अवस्था र्सिजना भएको र महतोलाई भेटी उक्त समस्या बारे छलफल गरी हामीले हल गर्ने बताउनु भयो ।
जनता समाजबादी पार्टी सप्तरीका जिल्ला अध्यक्ष केदार कुमार यादव, पत्रकार कृष्ण मण्डल, कृषि शाखाका प्रसार अधिकृत शिवान्द मिश्रा, बाली संरक्षण अधिकृत कपिलदेव यादव, नाप्रासहरु संगिता कुमारी चौधरी, नारायण खत्री, रिंकु दास र कार्यालय सहयोगी अजुर्न कुमार साह लगायत एक दर्जन भन्दा बढी सेवाग्राहीहरु त्यहाँ उपस्थित थिए ।
त्यसैगरी गाँउपालिका कर्मचारीहरुले वितग ५ महिना देखी तलब खान पाएका छैन, गाँउपालिकाको परिषद भएको छैन र प्रमुख प्रशासकीय अधिकृत पनि छैन ।
Discussion about this post