उमेश कुमार साह,बोदे बर्साईन सप्तरी।तेली कल्याण समाज बोदेबर्साइन नगरपालिकाले जातीय भित्र मेलमिलाप भई रहने उद्देश्यले बुधबार बोदे बर्साईन नगरपालिका ०९ को प्रा. बि. बिधालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेेेेको छ।

समाजका युवाहरुको अगुवाईमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा तेली समाजभित्र रहेका तिक्तालाई विर्सेर मिलेर अगाडी बढ्न वक्ताहरुले जोड दिएका थिए । नेपाली कांग्रेसका युवा नेता तथा इन्जिनियर मिस्टर अशोक कुमार साहले स्वजाती समाजलाई अगाडी बढाउन चिन्तन आवश्यक रहेको बताएका छन् ।
उनले नगर, समाजको विकासलाई अगाडी बढाउन पनि तेली जातीको भूमिका अग्रस्थानमा रहेको बताए । नेता साहले जातीयता उत्थानका लागि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा इन्जिनियर धनकिशोर साहले जातीयता भन्दा माथि उठेर तेलीहरुले सामाजिक क्षेत्रमा पनि लगानी गर्नु पर्ने बताए ।उनले समाजसेवाका क्षेत्रमा अगाडी बढ्न तेली स्वजातीय भित्र रहेका युवाहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोदेबर्साइन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लक्ष्मी साहले समाजलाई अगाडी बढाउन आफ्नो भूमिका अह्म रहने प्रतिबद्धता व्यक्त गरे । तेली समाजका अगुवा रामबल्लभ साहको अध्यक्षतामा भएको कार्यक्रममा तेली समाजका जिल्ला अध्यक्ष रामचन्द्र साह, पूर्व जिल्ला अध्यक्ष मेदनी प्रसाद साह, समाजसेवीहरु सामसरण साह, चिन्तु साह, सुर्य नारायण साह, रामलगन साह लगायतले समाजलाई आगाडी बढाउनु पर्नेमा जोड दिए ।





Discussion about this post