एजेन्सी।बलिउड अभिनेता इमरान खानले अभिनय छोड्ने निर्णय लिएका छन् ।इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक सञ्चारमाध्यमसँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् ।
‘मेरो मिल्ने साथी इमरान खान अब कलाकार रहेनन् । उनले अभिनय छोडिदिएका छन् । उनी मेरो सबैभन्दा नजिकका साथी हुन् । म उसलाई बिहान चार बजेपनि फोनमा भेट्न सक्छु । हामी एकअर्कालाई १८ वर्षदेखि चिन्दछौं’, उनले भनेका छन् ।
इमरान अभिनेता आमिर खानका भान्जा हुन् । ‘देली बेली’ जस्तो फिल्ममा काम गरेका उनले यो फिल्मबाट निकै तारिफ पाएका थिए ।
लामो समयदेखि फिल्मी पर्दाबाट टाढिएका इमरानले ‘जाने तू या जाने न’बाट अभिनयको शुरुवात गरेका हुन ।
अभिनय छाडेर फिल्म निर्देशन गर्नसक्ने बताइएको छ । इमरान पछिल्लोपटक कंगना रनावतका साथ फिल्म ‘कट्टी बट्टी’मा देखिएका थिए ।
Discussion about this post