वीरगञ्ज।आगलागीमा परि शनिबार राति पर्साको बहुदरमाईमा १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ।आगलगीका कारण बहुदरमाइ नगरपालिका–८ रामनगरीका मनबोध साहकी १५ वर्षकी छोरी मनाकुमारी साहको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष पुनिलाल साह तेलीले जानकारी दिए ।
शनिबार रति करिब १० बजे साहको घरमा बालिएको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी किशोरी साहको जलेर मृत्यु भएको थियो । घरका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भए ।
आगलागीले फुसको घरमा रहेको लत्ताकपडा, खाद्यन्न लगायतका सामानहरु जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको तेलीको भनाई छ। नगरपालिकासँग आफ्नै दमकल नभएकोले समयमै दमकल पुग्न सकेको थिएन ।
स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष तेलीले बताए । मृतक किशोरीको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।
Discussion about this post