महोत्तरी।महोत्तरी प्रहरीले भन्सार छली गरी भारत तर्फ निकासी गर्न लागेको १८ हजार ३ सय बोतल मदिरा गरि जम्मा ४५७५ लिटर मदिरा नष्ट गरेको छ।
गौरव, बिङ्गो लगायतको विभिन्न नामका २५० मि.ली.को १८ हजार ३ सय बोतल मदिरा शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।जलेश्वर नगरपालिका ७ स्थित खुल्ला स्थानमा खाल्डो खनी सो मदिरा गाडेर नष्ट गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
Discussion about this post