उमेश कुमार साह,सप्तरी।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ जाँजर मा जिउँदो अस्थामा खडक खोलमा फालिएको अवस्था नवजात शिशु फेला परेको छ ।उक्त शिशु बच्चालाई उल्टो गरेर बालुवा भित्र टाउको लागायत कमर सम्म माथी उल्टो गरेर खुट्टा माथी राखेको थियो ।ईलाका स्वास्थ्य चाैकी बोदे बर्साईन प्रमुख एयुर राईन का अनुसार छोरा बच्चा १२ घण्टा भित्र जन्मीएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाउने तैयारी भई रहेको बताउनु भयो ।
स्थानीय बासिन्दाले खबर गरेपछि ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नाय्व निरीक्षक अयोध्याशरन यादव र सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख उत्सव बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्वास्थ्य चाैकी बोदे बर्साईन मा राखेको र थप अनुसन्धान भई रहेको वहाँले बताउनु भयो ।
उता बोदे बर्साइन नगरपालिकाको नगर् प्रमुख आतेश कुमार सिंह यादव यस बच्चाको स्वास्थको लागी सम्पुर्ण खर्च नगरपालिकाले बेहर्ने बताएका छन । उक्त नव जात शिशुको बच्चालाईको पालनपोषणको लागि बोदे बर्साईन न पा ०५ बस्ने मो. इसुफ अलिले बच्चाको पोषण हामी गर्छौ भने प्रहरी लगाएत यस नगरपालिकालाई अनुरोध समेत गर्नु भएको छ। उहाँको घर देखि करिब १०० मिटर पुर्वमा रहेको खडक खोलामा भेटेकोले म नै पोसन पालन गर्छु भने अनुरोध छ।
Discussion about this post