सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका १ बिर्ता निबासी ६५ वर्षीय पुरुष रहेका छन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । लामो समयदेखि सुगर र किड्नीको बिरामी रहेका उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा मृत्यु भएको यादवले बताए । यादवकाअनुसार योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
Discussion about this post