विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण तिब्र बन्दै गएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयौंको संख्यामा कर्मचारी मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिनाका लागि १९१ जना कर्मचारी मागेको हो ।
विभागले देशभर कोरोना सम्बन्धी कन्ट्याक ट्रेसिंगलगायतको कामका लागि कर्मचारी मागेको हो । बिहीबार सूचना प्रकाशित गर्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको हो । भदौ ३१ गतेको निर्णय अनुसार मन्त्रालयले दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयले बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्नका निम्ति कर्मचारी मागेको हो ।
मन्त्रालयले अनलाइनबाट दरखास्त फारम भर्न सकिने जनाएको छ । दरखास्तका लागि http://dohs.gov.np/ मा फारम उलपब्ध छ ।
Discussion about this post