सिरहा।सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर-८ निवासी ७२ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा आज मृत्यु भएको हो ।
एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको प्रमुख यादवले बताए । यादवका अनुसार मृतक पुरूष लामेा समयदेखि दमका रोगी थिए ।योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
Discussion about this post