जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १४ हजार ८८४ जना पुगेको छ ।
धनुषामा १, महोत्तरीमा २,सिरहामा १,बारामा ७, पर्सामा ५, सर्लाहीमा ४, रौतहटमा २ , सप्तरीमा १३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै १२ हजार ९०६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ प्रदेश २ मा कोरोना संक्रमण बाट थप १ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथबा न.पा.-५ का ७० वार्षिय पुरुष रहेको छ।यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४५ जना, बारामा १८, धनुषामा १८, महोत्तरीमा १६, सिरहामा १५, सप्तरीमा १९, रौतहटमा ८,सर्लाहीमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण



Discussion about this post