एजेन्सी।इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सले कप्तान परिवर्तन गरेको छ।
शुक्रबार कोलकाताले कप्तानको जिम्मेवारी इयोन मोर्गनलाई दिएको हो। लिगको अंक तलिकामा शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सविरुद्व मैदान उत्रिनु अगाडि कोलकाताले कप्तान परिवर्तन गरेको हो।
आज पौने आठ बजे कोलकाता मुम्बईसँग खेल्दैछ। कोलकाता अंक तालिकामा चौथो स्थानमा छ। उसले ७ खेलबाट ८ अंक जोडेको छ। मुम्बई १० अंकसहित दोस्रो स्थानमा छ।कप्तान कार्तिकले आफुलाई ब्याटिङमा फोकस हुन कप्तानको जिम्मेवारी मोर्गनलाई दिने छलफल भएको बताएका छन्।
Discussion about this post