nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप,डिएसपी सहित ४० बढी प्रहरी घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ आश्विन २८, बुधबार १७:३६
सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप,डिएसपी सहित ४० बढी प्रहरी घाइते

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।यही असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको परिवारको जाहेरी लिनुपर्ने लगायत माग राख्दै काँगे्रसले मलङ्गवामा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।

काँगे्रस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद डा. अमरेश कुमार सिंहको नेतृत्वमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेको समूह र प्रहरीबीच झडप भएको हो । झडपमा सर्लाही प्रहरीका प्रवक्ता समेत रहनु भएका डीएसपी मदन कुँवर, ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाट, ईलाका प्रहरी कार्यालय हरिपुरका इन्सपेक्टर बिक्रम साह लगायत २० जना प्रहरी घाईते भएका सर्लाहीका एसपी सन्तोष सिंह राठौरले बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित १० जना सशस्त्र प्रहरी पनि झडपमा परी घाईते भएका छन् । प्रहरीले लाठी प्रहार गर्दा थुपै्र कार्यकर्ता घाईते भएका र त्यसमध्ये १७ जनालाई उपचार नै गर्नुपर्ने गरी चोट लागेको सांसद सिंहले बताउनु भएको छ । सिंहका अनुसार मृतक महेन्द्र रामकी श्रीमती समेत प्रहरीले प्रहार गरेको लाठीले लागेर घाईते हुनु भएको छ ।

घाईते सुरक्षाकर्मी र प्रदर्शनकारीको जिल्ला अस्पताल लगायत मलङ्गवाका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन ३० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा जिल्ला प्रहरी प्रमुख राठौरको निवासका झ्यालको सिसा र प्रहरीको एउटा गाडीको सिसा फुटेका छन् ।

प्रहरी उपरीक्षक राठौरले शान्तिपूर्ण प्रदर्शन गर्ने पूर्व सहमति भएपनि जिल्ला प्रहरी कार्यालयमा आएको मासले अचानक ढुङ्गामुढा गरेको बताउनुभयो । ‘शान्तिपूर्ण प्रदर्शन गर्ने कुरा थियो, तर सयौँ मानिस आएर अचानक ढुङ्गामुढा गर्न थाले, प्रहरी उपरीक्षक राठौरले भन्नुभयो, थप क्षति हुन नदिन अश्रुग्याँस प्रहार गर्नुका साथै लाठी प्रहार गरेका हौँ ।’
प्रदर्शनकारीले भने शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेकाले माहोल बिग्रिएको बताएका छन् । प्रदर्शनको नेतृत्व गर्नुभएका सांसद सिंहले राजनीतिक दबाबमा परेर पीडितको जाहेरी लिन अस्वीकार गरिरहेको प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा अनावश्यक रुपमा बल प्रयोग गरेको दावी गर्नुभयो ।

‘दुई÷चार जना भित्र गएर जाहेरी दिने र अरु बाहिर बसेर धर्ना दिने कार्यक्रम थियो, तर प्रहरीले बीचमै अनावश्यक बल प्रयोग ग¥र्यो, सांसद सिंहले भन्नुभयो ,मृतककी श्रीमतीमाथि समेत लाठी प्रहार हुनु दुःखको कुरा हो ।’
मृतक महेन्द्र रामको परिवारले दोषीहरु किटान गरी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन अस्वीकार गरिरहेको सांसद सिंहको भनाई छ । उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएका महेन्द्रको शव एक सातादेखि वीरगञ्जमै रहेको छ ।

प्रहरीले भने घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउँदै आएको छ । घटनामा संलग्न नै नरहेका व्यक्तिहरु विरुद्ध जाहेरी लिएर आएकाले स्वीकार नगरिएको प्रहरी उपरीक्षक राठौरले बताउनु भएको छ ।-गोरखापत्र

Tags: सर्लाही खबर

Discussion about this post

Related Posts

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज राजदेवी माता को दर्शन संगै २०८० साल असोज १३ गते शनिबार को राशिफल हेर्नुहोस

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि