काठमाडौं । गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् ।
आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो ।
श्वेतासँग आफूले यो बर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन् । भारतीय मिडियासँग कुरा गर्दै आदित्यले भनेका छन्–‘१० बर्षदेखि प्रेम सम्बन्धमा रहँदा हामीविच निकै धेरै उतारचढाव आएका छन् । मेरो परिवारले श्वेतालाई वुझेको छ । म खुशी छु कि श्वेता मेरो जीवनमा आएकी छिन् ।’
केही समय अगाडि आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो ।इण्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए ।नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्यले बताएका छन् ।यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् । स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् ।













Discussion about this post