जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ७१ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १४ हजार १४ जना पुगेको छ ।
धनुषामा ७, महोत्तरीमा २,सिरहामा ५,बारामा १०, पर्सामा ८,रौतहटमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २५० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ११ हजार ५३० जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा १ जनाको मृत्यु भएको छ । धनुषाको शहिदनगर ना.पा. वडा न.- १ का ७० बर्षको पुरुषको मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४४ पुगेको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४५ जना, बारामा १८, धनुषामा १८, महोत्तरीमा १५, सिरहामा १४, सप्तरीमा १७, रौतहटमा ७,सर्लाहीमा ९ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post