रौतहट।रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार साँझ १४ वर्षकी बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएको छ।
बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सँझा साह कानुको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बिहान १० बजे तिर घाँस काटन गएकी उनी अबेरसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा उखुबारीमा शव भेटिएको हो ।
शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताएका छ्न ।
Discussion about this post