लहान ।सिरहाका कोरोना संक्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको थियो ।
स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा बिहीवार साँझ उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि थप उपचारका लागि विराटको आइसोलेशनमा रेफर गरेको थियो । आइसोलेसनमा लैजान लाग्दा एम्बुलेन्समै उनको ज्यान गएको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।उनका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो ।
उपचारकै क्रममा गत बिहीवार साँझ ती पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । रासस
Discussion about this post