काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।
एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।
कहाँ कति संक्रमीत हेर्नुहोस स्वास्थ्य मन्त्रालय को विवरण







Discussion about this post