जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ८४ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ६११ जना पुगेको छ ।
आज सबैभन्दा बढी पर्सामा २७, धनुषामा ६ ,सिरहामा २४,बारामा ६, महोत्तरीमा ३,सर्लाहीमा १, रौतहटमा ४, र सप्तरीमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै १० हजार ५ सय ७१ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा २ जनाको मृत्युका भएको छ । रौतहटको ईशनाथ न.पा. वडा न.-४ का ७४ वर्षीय पुरुष र सिरहाको गोलबजार नपा २ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३५ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १३, सप्तरीमा १५, रौतहटमा ७, सर्लाहीमा ७ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण



Discussion about this post