जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ५२७ जना पुगेको छ ।
आज सबैभन्दा बढी पर्सामा १२ जना,धनुषा ६ जना, महोत्तरीमा ३ जना, सिरहामा १३ जना, बारामा ९ जना, रौतहटमा १ जना, सप्तरीमा १ जना र अन्य जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका ५९७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै १० हजार ५ सय ४२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले प्रदेश २ मा २ जनाको मृत्युका भएको छ । सर्लाहीको बरहथवा ६ का ६६ वर्षीय पुरुष र सप्तरीको अग्निसाइर कृष्णसावरन नपा ४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३३ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १२, सप्तरीमा १५, रौतहटमा ६, सर्लाहीमा ७ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।














Discussion about this post