जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ४७८ जना पुगेको छ ।
आज सबैभन्दा बढी पर्सामा २४, धनुषामा ३ ,सिरहामा ५,बारामा १, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा १, सप्तरीमा ६ जना र अन्य जिल्लामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका १२०९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ९ हजार ९ सय ४८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरीको बर्दिबास न.पा. वडा नं. ३ का ७५ वर्षीय महिला र महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. ७ सरपल्लोका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यो संगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३१ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १२, सप्तरीमा १४, रौतहटमा ६, सर्लाहीमा ६ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post