जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण बाट थप दुई जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा धनुषाका एक जना र सर्लाहीका एक जना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार धनुषाको शहीदनगर नगरपालिका-१ बालाबााखरका ६५ वर्षीय एक पुरुषका मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शनिबार स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा आइतबार उनमा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा आइतबार राति नै उनको मृत्यु भएको हो।
यस्तै कोरोना संक्रमणबाट सर्लाहीको हरिपूर्वा नगरपालिका- ३ घर भएकी ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि उनलाई गत भदौ २९ गते अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. कमलेश यादवका अनुसार उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो ।
Discussion about this post