जनकपुरधाम।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १३ हजार ३९३ जना पुगेको छ ।
आइतबार सबैभन्दा बढी सिरहामा ४८,धनुषामा १३ ,बारामा ३, महोत्तरीमा २, पर्सामा १५, सर्लाहीमा १, रौतहटमा १, सप्तरीमा ६ र जिल्ला नखुलेका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका २२३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस संगै ७ हजार ७४९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमण बाट कसैको मृत्यु भएको छैन। प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २७ रहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ४३ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा १४, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
हेर्नुहोस विवरण


Discussion about this post