रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी धारिलो हतियार प्रहार भएको छ ।
४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारी घाइते भएका छन् भने उनकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय बलिराम मुखिया रहेको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई धम्की दिँदै आएको थियो । सोही कारणले हत्या भएको हुनसक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ ।
पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताए ।
उनका अनुसार महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post